घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, १० बैशाख २०७८

काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । हिजो विहीबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो विहीबार १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।