भारतमा संक्रमणको नयाँ रेकर्ड, थपिए तीनलाख ५२ हजार संक्रमित
काठमाडौं – भारतमा दिनहुँ कोरोना संक्रमणको नयाँ रेकर्ड तोडिँदै आएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा तीन लाख ५२ हजार नयाँ संक्रमित थपिएका छन् ।
यो रेकर्ड विश्वकै उच्च हो । गत वर्ष अमेरिकामा सबैभन्दा धेरै एकैदिन तीन लाख ३० हजारको हाराहारीमा संक्रमित थपिएका थिए । तर, भारतमा यो रकेर्ड पनि तोड्दै सोमबार तीन लाख ५२ हजार ९९१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण दुई हजार आठसय १२ जनाको मृत्यु भएको छ ।