आज कति छ सुनको मूल्य ?

सोमबार, १३ बैशाख २०७८

काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ स्थिर रहेको छ। यस दिन सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच भइरहेको छ।