निषेधाज्ञा जारी भएपछि उपत्यकाबाट बाहिरिने बढे
काठमाडौं – सरकारले सोमवार काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरे संगै उपत्यकाबाट बाहिरिनेहरु बढ्न थालेका छन् ।
उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख १६ गते सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेपछि उपत्यका छोड्नेको सँख्या बढेको हो ।
सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिएको थियो । मंगलबार बिहानै आफ्नो घर जानका लागि कलंकी, कोटेश्वर, बल्खु, नयाँ बसपार्कलगायतका विभिन्न स्थानमा सर्वसाधारणहरूको भिडभाड रहेको छ ।