सफलताका लागि आवश्यक छ उत्सुकता
काठमाडौं – हामी सबैलाई थाहा छ, पानीलाई ततायो भने बाफ निस्कन्छ । देख्दा सामान्य देखिने बाफ यति शक्तिशाली हुन्छ कि यसले ठूला ठला रेल गाडीहरू, मेसिनहरू चलाइदिन्छ। फेरि तपाइले भन्नुहोला बाफले त्यति ठूला रेल–गाडीहरू चल्ने भए हाम्रो भान्छा कोठा किन नचलेको त भनेर । बाफले जसरी ठूला ठूला रेलगाडीहरू चलाउन सक्छ त्यस्तै मानव शरीर भित्र पनि एक शक्तिशाली बाफ छ त्यो बाफ हो उत्सुकता यदि मान्छेमा उत्सुकता छ भने उसले जस्तोसुकै गाहो काम पनि गर्न सक्छ।
उत्सुकताविना केही पनि प्राप्त गर्न सकिदैन गरे पनि राम्रो हुँदैन । सफल हुँदैन । यस्तो उत्सुकता हामी आफैभित्र लुकेर रहेको हुन्छ । जसरी पानीमा बाफ नतताएसम्म देख्न सकिदैन उत्सुकता पनि त्यस्तै हुन्छ । कुनै काममा योजना नबनाएसम्म यो देख्न सकिदैन।
व्यक्ति जस्तो छ त्यस्तै कुराहरू उसको बोलीमा देखापर्दछ। अनी व्यक्ति कस्तो छ, कसरी बोल्दछ, सफल व्यक्तिले के बोल्छन, के गर्न र असफल व्यक्तिले बोलेका कुरा र सफल व्यक्तिले बोलेका कुरामा कस्तो फरक हुन्छ ? असफल हुनेहरूले किन त्यस्ता कुरा गर्छन । उनीहरूलाई सुन्नुहोस् अवलोकन गर्नुहोस् र आफूलाई बदल्नुहोस्।
योजना, तीव्र इच्छा, उत्सुकता बाफभन्दा कैयौ गुणा शक्तिशाली हुन्छ । अति सामान्य पानीको बाफले त कैयौं ठूला–ठूला कामहरू सजिलैसँग गर्न सक्छ भने हामीले आफ्नो शरीरभित्र बाफ भन्दा बढी शक्ति भएको थाहा पाउँदा पाउँदै पनि काम गर्न वा सुरु गर्न किन अल्छी गौँ त ? किनभने जीवनमा केही पनि नगर्ने इच्छा भएर होला हैन त ?