आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
दाङ – आफ्नै श्रीमतीको हत्या गर्ने २६ वर्षीय श्रीमान पक्राउ परेका छन् । २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका ७ बस्ने पदम पोख्रेललाईलाई प्रहरीले पक्राउ गरेको हो ।
आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।