आजबाट सीईडीबी हाईड्रोपावरको आईपीओ खुल्ला, कति भर्ने शेयर ?
काठमाडौं– सीईडीबी हाईड्रोपावर कम्पनीले आज शुक्रबारबाट आईपीओ सर्वसाधरणकालागि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सो शेयरमा सर्वसाधारणले बैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
कम्पनीको आईपीओ विक्री प्रवन्धक सनराइज क्यापिटल हो ।