हवात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
काठमाडौं –नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ९ सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै , तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार शुक्रबार चाँदी प्रति तोला २० रुपैयाँले गिरावट आउँदै एक हजार २९५ रुपैयाँ कायम भएको छ ।