फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार ४०० रुपैँयाले बढेको छ ।
सोमवार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैँयामा कारोबार भइरहेको छ ।अघिल्लो दिन आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैँयामा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ९०० रुपैँयामा कारोबार भइरहेको छ । आइतवार तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य ५ रुपैँयाले बढेको हो । आइतवार प्रतितोला १ हजार २९५ रुपैँयामा कारोबार भएको चाँदी सोमवार १ हजार ३०० खरीदविक्री भइरहेको छ ।