कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, कति जनामा देखियो संक्रमण ?
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट आजसम्मकै सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट देशभरका अस्पतालमा उपचाररत ५५ जनाको मृत्यु भएको छ ।