नेपाल लाइफ इन्सुरेन्स २१ औं वर्षमा (भिडियोसहित)

मंगलबार, २१ बैशाख २०७८

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २१ औं बर्षमा प्रबेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना जीवन बीमाको क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको ।

देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपंतीमा रही निरन्तर सेवामा लागिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौं, कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

२१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म ल्याई पु¥र्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिने नियमनकारी निकाय, संचालक समिति, शेयरधनी लगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरेका छन् ।