लुम्बिनी प्रदेशमा पनि तोकियो उपनिर्वाचनको मिति
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशमा पनि निर्वाचनको मिति तोकेको छ । आयोगले राष्ट्रियसभा सदस्य चयन गर्न जेठ १७ का लागि मिति तय गरेको हो ।
आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि पदमुक्त भएका थिए । उनको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय भने दाङको घोराहीमा रहेको प्रदेश निर्वाचन कार्यालयलाई तोकिएको छ ।