आज कस्तो रहला देशभरको मौसम ?
काठमाडौं – देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भाग आँशिक बदली रहेको छ।
यस्तै, दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीस् देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।