भारतमा एकैदिन चार हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु

आइतबार, २६ बैशाख २०७८

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ।

यो भारतमा एक दिनको अवधिमा मृत्यु भएको सर्वाधिक संख्या हो। भारतमा हालसम्म कुल २ करोड १८ लाख ९२ हजारभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख २३ हजार छ।