कालो अंगुर खाँदा हुन्छन् अथाह फाइदा
काठमाडौं – मानिसलाई बाच्नको लागि अति महत्वपुर्ण तत्व भनेको खाना हो । जसले गर्दा मानिसलाई विभिन्न कार्यहरु गर्नको लागि शक्ति प्रदान गर्दछ । त्यतिमात्र नभई मानिसको जीवनमा विभिन्न खालका फलफुलहरुको पनि त्यतिकै महत्व हुन्छ । त्यी मध्ये कालो अंगुर पनि एक हो ।
एक स्वादिष्ट फल अंगुरले मानिसको शरीरमा खानाको भन्दा बढी शक्ति प्रदान गर्दछ । विशेषगरी यो गर्मीको मौसमको लागि धेरै नै उपयोगी फल हो अंगुर । हल्का रातो र गाढा कालो रंगको अंगुरको स्वाद मिठो हुनुको साथै स्वास्थको लागि पनि धेरै नै फाइदाजनक हुन्छ ।
थाहा पाउनुहोस्, कालो अंगुरका फाईदाहरु यस्ता छन्
अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । आज हामी कालो अंगुर खाँदा हुने फाइदाको बारेमा केहि जानकारी दिनेछौ ।
हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाई पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुहोस् ।
माइग्रेन कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।
रक्ताल्पता शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।
क्यान्सर अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।
अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुअहोस् ।