देउवालाई भेटेर वालुवाटार पुगे महन्थ–राजेन्द्र, निर्णय सुनेपछि ओली अक्क न बक्क !
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर निक्लिएका जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् ।
आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बरू तटस्थ बस्ने जानकारी गराएका हुन् । उनीहरुको कुरा सुनेपछि ओली अक्क न बक्क भएका थिए । जसपाको महन्थ–राजेन्द्र खेमाको समर्थनमा विश्वासको मत लिन दाउमा विशेष अधिवेशन बोलाएका ओलीलाई आफ्नै निर्णय गलपासो भएको छ । कांग्रेस सभापति देउवासँग पनि उनीहरुले तटस्थ बस्ने बताएका थिए ।
जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन् । ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का भएको छ । एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार )वैशाख २७ गते) संसदको विशेष अधिवेशन बोलाइएको छ । त्यही दिनबाट ओलीको बहिर्गमन हुने लगभग निश्चत भएको छ ।