कालिकोटमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु

मंगलबार, २८ बैशाख २०७८

कालिकोट – कोरोजा भाइरसको संक्रमणबाट कालिकोटमा पहिलो पटक १ जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका वडा नम्बर ८ मुग्राहाका ६४ वर्षिय देउरामे महताराको पहिलो पटक कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

वैशाख २१ गते कोरोना पोजेटिभ देखिएका महताराको होम आईसोलेसनमा उपचार भइरहेको थियो । उपचारकै क्रममा मंगलबार विहान उनको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

यस्तै गत २४ घण्टामा २४ जना कोरोना जितेर घर फर्केका छन् भने १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।