पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि, एकैदिन २२५ को मृत्यु

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको भने आज एकैदिन २२५ जनाको मृत्यु भएको छ।

२१ हजार ३१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२१ हजार ३१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२० हजार ५९६ जनाको पीसीआर तथा ७२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा ५ हजार २२५ कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म ४ हजार ८४ जनाको मृत्यु भइसकेको छ।