चिनियाँ यान मंगल ग्रहमा सफल अवतरण, मंगल ग्रहमा यान पठाउने दोस्रो देश बन्यो चीन
काठमाडौं– चीनको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण भएको छ। ६ वटा पांग्रा भएको ‘चु रोंग रोबर्ट’ नाम दिइएको यान शनिबार मंगल ग्रहको उत्तरी गोलाद्र्धमा
यो सफलतासँगै चीन मंगल ग्रहमा यान अवतरण गराउने दोस्रो देश बनेको छ। अमेरिकाले यसअघि नै मंगल ग्रहमा यान अवतरण गराइसकेको छ।
चीनले तिआन्वेन–१ अभियान अन्तर्गत गएको फेब्रुअरीमा यानलाई मंगल ग्रहतर्फ पठाएको थियो। यसको तौल दुई सय ४० किलोग्राम छ। रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गरेर तस्बिरहरु पठाउने बिबिसीले जनाएको छ।
रोबर्टमा क्यामराहरू जडान गरिएको छ । ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् । अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन्।
मंगल ग्रहलाई अप्ठ्यारो र चुनौतीपूर्ण पर्यावरणका लागि पनि चिनिन्छ । यहाँ धूलोयुक्त आँधी निकै शक्तिशाली हुन्छ । कुनै पनि अन्तरिक्ष मिसनका लागि यही नै सबैभन्दा ठूलो चुनौती हुने बीबीसीले जनाएको छ ।
पृथ्वीबाट यान अवतरण भएको मंगल ग्रहको दुरी ३२ करोड किलोमिटर टाढा छ। त्यहाँबाट पृथ्वीसम्म रेडियो सन्देश आइपुग्न १८ मिनेट लाग्ने छ।