फेरी बढ्यो सुुनको मूूल्य, कतिमा हुुदैँछ कारोबार ?

आइतबार, २ जेष्ठ २०७८

काठमाडौं– नेपाली बजारमा आइतवार (आज) सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ६ सय रहेको थियो ।

त्यस्तै आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ९ सयले वृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको छ ।

त्यस्तै आज प्रतितोला चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १३ सय ३० रहेको थियो । भने आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १३ सय ५० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।