आत्मविश्वासी मानिससँग रहने गर्नुहोस्
काठमाडौं – कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाइले ठक्कर अवश्य पनि खानुहुनेछ । आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ ।
यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आफूमा विकास र वृद्धि गर्दै लान सक्छौँ ।
त्रुटिपूर्ण नै सही, तर केही कदम लिनुहोस् । असफल बन्नुहोस् । त्यो असफलताले सिकाएको पाठबाट फेरी अर्को कदम लिनुहोस् । आफूलाई विश्वास नबढेसम्म र आफूप्रति गर्व राख्न नसकुञ्जेलसम्म यही विधि दोहोर्याउनुहोस् ।
आत्मविश्वासी मानिसहरुको वरिपरि रहने गर्नुहोस्
एण्जेला डकवर्थका अत्यधिक विक्रि भएको किताब ग्रिटमा व्याख्या गरिएअनुसार आफूलाई चाहिने कुनै पनि बानी वा गुणको विकास गर्नका लागि त्यस्तै बानी वा गुण भएका मानिसहरुको संगत गर्नुपर्छ ।
कुनै समूहमा आफूलाई भिजाउन सक्नु भनेको साँच्चै नै शक्तिशाली कुरा हो । मनोविज्ञानमा आधारित अनुसन्धान अनुसार पनि कोही पनि व्यक्तिले आफूभन्दा भिन्दै तरिकाले सोच्ने वा काम गर्ने समूहबाट थाहै नपाई तुरुन्तै ती बानीव्यवहार टिपिसकेका हुन्छन् ।
यसकारण आत्मविश्वासिलो हुन सकिरहुनभएको छैन भने आत्मविश्वासिला मानिसहरुको संगतमा बस्ने गर्नुहोस् । यसो गर्दा तपाईँले उनीहरु सफल हुन प्रयोग गर्ने विचारको अनुसरण गर्ने मात्र होइन, उनीहरु सरह उनीहरुको बानी पनि सिक्नुहुनेछ ।
यस्ता मानिसहरु सकारात्मक हुने र अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा आफूमा पटक्कै विश्वास जगाउन नसकेका मानिसहरुले पनि उनीहरुको साथले धेरै कुरा सिक्न सक्नेछन् र आत्मविश्वासी बन्दै जान सक्छन् ।