थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमणसंक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निको भएका छन्।

देशभर हाल १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ। देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन्।