नक्कली सेनिटाइजर विक्रीगर्ने व्यवसायी पक्राउ

बिहिबार, १३ जेष्ठ २०७८

स्याङ्जा– स्याङ्जामा अवैध रुपमा नक्कली सेनिटाइजर बिक्री वितरण गर्दै आएका व्यवसायीलाई प्रहरीले फन्दामा परेका छन् । व्यवसायीबाट १९२ लि नक्कली सेनिटाईजर पनि वरामद भएको प्रहरीले जनाएको छ। उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगबाट उत्पादित नंकली सेनिटाईजर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पुतलीबजार नगरपालिका—१, प्रगतिनगर घुम्ती स्थित होलसेल पसल संचालन गर्दै आएका ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली सेनिटाईजर लुकाइछिपाइ बिक्री गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पोडेलले मास्क र सेनिटाईजर बिक्री गर्न आफ्नो होलसेल पसल रहेको बताएका थिए ।

पौडेलको पसलबाट उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगबाट उत्पादित हेण्ड सेनिटाईजर ९० लि। र ग्लोबल हेल्थ केयर भारत लेखिएको हेण्ड सेनिटाईजर ९० लि।प्रहरीले बरामद गरेको हो । प्रहरीको अनुसन्धानपछि पौडेलको कुनै होलसेल पसल दर्ता नभएको र बिल बीजक समेत नराखेको देखिएको छ ।