इजलासमा बहस, उपधारा ४ किन प्रयोग गरिएन ?
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी दोश्रो पटक गरिएको संसद विघटन रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेका रिटहरुमाथि सुरुवाई सुरु भएको छ । पहिलो दिनको बहसमा अधिवक्ता वीरभद्र जोशी, तुलसी पराजुली लगायतले बहस गरेका छन् ।
बरिष्ठ अधिवक्ता वीरभद्र जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दावी गर्दै पुनःस्थापनाको माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको आफ्नो रिटमाथि बिहीबार बहसका क्रममा उनले भने,‘मध्यरातमा समय नदिइ विघटन भयो । राष्ट्रपतिले भनेको मार्ग प्रशस्त के हो ? प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएँ भनेपनि स्पष्ट छैन । तसर्थ, पुनर्स्थापना होस् ।’
यस्तै अधिवक्ता तुलसी पराजुलीले ओलीले विश्वासको मत नलिइ राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको जिकिर गरे । ७६ (३) बमोजिम नियुक्तले ४ बमोजिम विश्वासको मत लिनुपर्नेमा उपधारा ५ मा जानू गैरसंवैधानिक छ’ उनको जिकिर छ । प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा अजय बुढाथोकीले पनि बहस गरेका छन् ।