परिश्रमले अवस्य सफलता मिल्छ

आइतबार, १४ मंसिर २०८२

काठमाडौँ – मौरीहरुको बारेमा जानकारलाई खासै अनौठो नलागेपनि सर्वसाधारणका लागि भने एउटा आश्चर्यजनक घटना घटेको छ । अत्यन्तै सक्रिय रहेर काम गर्ने मौरीहरुलाई अल्छी नमान्ने प्राणीको रुपमा बुझ्ने गरिन्छ ।

त्यही मिहिनेत गर्ने क्रममा उनीहरुले फ्यान्टाको बोटलको विर्को खोलेर विश्वलाई आश्चर्यचकित पारेका छन् । दुईवटा मौरीले सडक किनारमा रहेको फ्यान्टाको बोतलको बिर्कोलाई खोलेर आश्चर्यचकित पारेका हुन् । उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

ती दुईले खुट्टाको बल लगाएर बिर्को हटाएका थिए । फ्यान्टाको गुलियो गन्धका कारण उनीहरू त्यसमा आकर्षित भएका हुन सक्छन् । यो भिडियो कहाँ र कसले रेकर्ड गर्यो भनेर नखुलाएको भएपनि परिश्रमले अवस्य सफलता मिल्छ भन्ने सन्देश चाँही पक्कै दिएको छ । -अर्काइभबाट