देशका यी स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौँ – आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उच्च हिमाली, पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात,वर्षा र गण्डकी प्रदेशका केही स्थानमा वागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

विभागले मेघगर्जन,चट्याङ,हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात,वर्षा तथा उच्च बेगको हावाहुरीसमेत आउनसक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण नगर्नु र नगराउनु भनेको छ ।

मौसमविद् मीनकुमार अर्याल शनिबार दिउँसोबाट क्रमशः मौसममा सुधार हुँदै जाने बताउँछन् । “पूर्व, मध्य र पश्चिम हुँदै चक्रावातको असर भोलि दिउँसोबाट हट्दै जाने छ,” उनी भन्छन्, “यसकै असर अहिले तुलनात्मक रुपमा पूर्वी नेपालमा बढी देखिएको छ । पूर्वका जिल्लामा पानी पर्ने र हावाहुरी चल्ने भइरहेको छ ।