६ हजार ९ सय ९५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या घट्यो

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ९५ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । आजको अपडेटसँगै हालसम्म कुल संक्रमित संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ११० जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९६ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।