दिउँसो ४ बजे बजेट प्रस्तुत हुने, के-के छन् विशेषता ?

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेले आज दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने भएका छन् । संविधानमा जेठ १५ गते बजेट ल्याउन पर्नें बाध्यात्मकारी व्यवस्थाका कारण अध्यादेश मार्फत बजे प्रस्तुत गर्न लागिएको हो ।

बजेट सार्वजनिक हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्ने प्रधानमन्त्री निवास बालुवाटारले जनाएको छ । अध्यादेशपछि अर्थमन्त्रीले बजेट भाषण गर्ने बताइएको छ । प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

चुनाव घोषणा गरिएकाले पपुलर बजेट आउने आँकलन गरिएको छ । विशेषगरी वृद्ध भत्ता बढाएर ५ हजार पुर्याउने, रेलमार्ग निर्माण, राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि लगाएका कार्यक्रम बजेटमा पर्ने बताइएको छ ।

प्रतिपक्ष दलहरु, पूर्वप्रधानन्यायधीशहरु पूर्वअर्थमन्त्रीहरु तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले भने अध्यादेशमार्फत बजेट नल्याउन आग्रह गरिरहेका छन् ।