राष्ट्रपतिद्धारा एकसाथ ३ अध्यादेश जारी

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाथ बजेटसम्बन्धी ३ अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।

यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ ।

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउँदैछ ।