१ प्रतिशत ब्याजदरमा २५ लाख ऋण दिने सरकारको घोषणा

शनिबार, १५ जेष्ठ २०७८

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सहुलियत ब्याजदरमा २५ लाखसमम ऋण दिने भएको छ । स्टार्टअप व्यवसायलाई १ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराइने भएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऋण लिनका लागि स्टार्टअपले परियोजना धितो राख्नुपर्ने पौडेलले बताए। स्टार्टअपको दर्ता, नविकरण एकद्धारबाट निशुल्क गर्ने व्यवस्था मिलाइएको समेत उनले बताए।

स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिने र त्यसका लागि एक अर्बको च्यालेन्ज फण्ड स्थापना गरिएको पौडेलले बताए।

यस्तै सरकारले सरकारले इन्टरनेटको माध्यमबाट हुने इ—कमर्श व्यवसायलाई नियमन गर्न कानुन निर्माण गर्ने भएको छ ।

उनले भने, ‘इ—कमर्श सम्बन्धी कानुन तर्जुमा गरिने छ । डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि लगायत चौथो पुस्ताको औद्योगिक क्रान्तिले ल्याएको अवसरको प्रयोग गरिने छ।’