पछिल्लो २४ घण्टाको कोरोना अपडेटः संक्रमित भन्दा कोरोना जित्नेको संख्या धेरै

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ – पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ कोरोना संक्रमित थपिएका छन् भने बढी ६ हजार ८० जनाले कोरोना जितेका छन्।

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १४ हजार ६ जनाको मात्रै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निको हुने दर बढ्दै गएको छ। शुरुका केही दिन ७४ प्रतिशतको हाराहारीमा रहेको निको हुने दर बढेर ७८।६ प्रतिशत पुगेको छ।

पछिल्लो २४ घण्टामा १ सय १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा अन्य दिनमा भन्दा परीक्षण कम भएको छ ।