बागमती प्रदेशमा कोरोना संक्रमण निको हुनेको दर ८२ प्रतिशत

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौं – बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणको दर १६ दशमलव ११ प्रतिशत रहेको छ भने निको हुनेको दर ८२ दशमलव ०७ प्रतिशत रहको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लाका कुल १७ लाख ९४ हजार ९ सय १६ जनाको पिसिआर विधिबाट कोरोना संक्रमण परिक्षण गर्दा २ लाख ८९ हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमण पुष्टि भएका कुल संक्रमित मध्ये २ लाख ३७ हजार ३ सय ९५ जना अर्थात् ८२.०७ प्रतिशत निको भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रदेशका १३ जिल्लामा कुल संक्रमितमध्ये १७ दशमलब ११ प्रतिशत अर्थात (४९ हजार ५ सय ४ जना)को सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।