फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौ– नेपाली बजारमा आज आइतवार सुनचाँदीको मूल्य बढेको छ ।

छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (शुक्रवार) छापावाल सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतवार तेजाबी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।