फेरी भेटियो ‘हावाबाट छिट्टै फैलने’ कोरोनाभाइरसको नयाँ भेरिअन्ट

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौँ – हावाको माध्ययमबाट तिव्र रुपमा फैलने कोरोनाभाइरसको नयाँ भेरिअन्ट भेटिएको छ । भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको यो भेरिअन्ट भियतनाम देखिएको हो ।

त्यो भेरिअन्ट हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन्। भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ भएको बताएका छन्।

भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन्। सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड–१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन्।

स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई उदृढ गर्दै रोयटर्स समाचार संस्थाले भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड १९ को भेरिअन्ट देखेको छ।

उनले नयाँ ठिमाहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए। अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए।

उनले भाइरसको यस भेरिअन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन्।