दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई विपक्षी गठबन्धनको चेतावनी
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न विपक्षी गठबन्धनले चेतावनी दिएको छ ।
नेपाली कांग्रेस, नेकवा माओवादी केन्द्रसहितका विपक्षी गठबन्धनको बैठकले सरकारका संविधान विपरितका कामबारहीमा सहयोगी नहुन समेत राज्यका सबै अंग र निकायहरुलाई समेत आग्रह गरेका हुन् ।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठक केहीबेरअघि सकिएको हो ।