कालिकोट जिल्लाका लागि झन्डै ३ अर्ब बजेट विनियोजन, खाँडाचक्रमा सबैभन्दा धेरै

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौँ – सरकारले कालिकोट जिल्लाका विभिन्न स्थानीय तहहरूका लागि झन्डै ३ अर्बको बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारले समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी कुल २ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ ९ ओटा पालिकालाई छुटाएको हो ।

सबैभन्दा धेरै अनुदान पाउनेमा जिल्लाको सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालि रहेको छ । खाँडाचक्रले सबै गरी ३९ करोड ४ लाख रुपैयाँ अनुदान पाएको छ । सबैभन्दा कम महाबैँ गाउँपालिकाले पाएको छ । उक्त गाउँपालिकाले २२ करोड ५० लाख रुपैयाँ अनुदान पाएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा अगाडी रहेको पलाता गाउँपालिकालाई भने सरकारले २४ करोड ८५ लाख रुपैयाँ पठाएको छ । नगरपालिकामा रास्कोट नगरपालिकाले ३३ करोड ७१ लाख र लितागुफा नगरपालिकाले ३२ लाख ९९ लाख रुपैयाँ अनुदान पाएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सरकारले पाउँ पालिकामा सबैभन्दा धेरै नरहरिनाथ गाउँपालिकालाई ३६ करोड ८४ लाख रुपैयाँ पठाएको छ । शुभ कालिका गाउँपालिकाले २७ करोड ४० लाख, पचालझरना गाउँपालिकाले २६ करोड ७ लाख र सान्नी त्रिवेणी गाउँपालिकाले २५ करोड ८ लाख रुपैयाँ पाएका छन् ।