कोरोना अपडेटः पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना संक्रमित थपिए, १०९ जनाको ज्यान गयो
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९८६ जनाको पीसीआर परीक्षणमा ३ हजार ७०२ र १७८४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६६७ जना गरी कुल ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।