एसईईको परीक्षा हुने सम्भावना कति ? राष्ट्रिय परीक्षा बोर्डले निकाल्यो यस्तो निष्कर्ष 

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौँ – कोरोना महामारीमारी तत्काल नहट्ने संकेत देखिएपछि उच्च माध्यमिक शिक्षा परीक्षा – एसईई वैकल्पिक विधिबाट लिनुपर्ने निष्कर्षमा राष्ट्रिय परीक्षा बोर्ड पुगेको छ।
बोर्डले त्यसका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागिसकेको अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए।
गत वर्ष विद्यालय आफैले आन्तरिक मूल्यांकन गरी पठाएको अंकका आधारमा बोर्डले नतिजा निकालेको थियो।
जेठ १३ गतेदेखि एसईई र  जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सुरु गर्ने तयारी थियो। तर वैशाख २७ गते यी दुवै परीक्षा स्थगित गरिएको थियो।
मन्त्रालयले विकल्प दिएपछि अगाडि बढ्ने बोर्ड अध्यक्ष पौडेलले जानकारी दिए।