फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।

बिहान १० बजे बोलाइएको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको हो । एमालेको स्थायी कमिटी बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको थियो ।

कपा(एमाले)का माधव नेपाल समुहका १२ जना नेताहरुलाई स्पष्टिकरण सोधिएको भएपनि स्पष्टिकरण बुझाएका छैनन् । ति नेताहरुलाई बैठकले कारबाही गर्ने आशंका गरिएको छ ।