यी हुन् रक्सी चोर प्रहरी !

सोमबार, १७ जेष्ठ २०७८

सिरहा – रक्सी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय सिरहाले तीन जना प्रहरीलाई कारबाही गरेको छ । डिउटीमा खटिएको वेलामा रक्सी चोरी गर्ने प्रहरी सहायक निरीक्षक नबलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलाई कारबाही गरिएको हो।

निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरे थाहा भएपछि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए ।

प्रहरीका आचरण विपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनैजनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माको भनाई छ ।