एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौँ – एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितीको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको छ ।
बैठकले बिमा समितीबाट जारी र्निजिवन बिमा व्यवसाय गर्ने विमकको वित्तिय विवरण सम्बन्धी निर्देशन तथा एनएफआरएस अनुसार तयार भएको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश बिमा समितीको स्विकृती पछि साधारणसभा बाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिने छ ।