सेयरको परिसूचकसँगै घट्यो कारोबार

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं– मंगलबार सेयर बजारको परिसूचक नेप्से ११ अंकले घटेको छ। ११.६८ अंकको गिरावटसँगै परिसूचक २७७१ अंकमा कायम भएको छ। यसअघि हिजो ४५ अंक घटेको थियो।

यस दिन कारोबार रकम पनि घटेको छ। हिजो १३ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५९ करोड रुपैयाँको किनबेच भयो।

यस दिन बैंकिङ ११, ब्यापार ९३, होटल तथा पर्यटन ९१, जलविद्युत २८, निर्जीवन बीमा १२३, उत्पादन ३९, माइक्रोफाइनान्स १७ र जीवन बीमा १७६ अंकले घटे।

विकास बैंक २१, फाइनान्स १ र अन्य १४ अंकले बढे। कालिका पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। कम्पनीको मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ कायम भएको छ। लुम्बिनी विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो।

दिव्यश्वरी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ। नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५७ करोड रुपैयाँ बराबरको कारोबार भयो। लुम्विनी विकास बैंकको ३० करोड रुपैयाँ बराबरको कारोबार भयो।