६ हजार ८५ संक्रमित थपिए, ६८ जनाको मृत्यु

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २० हजार १६५ वटा नमुनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६८ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख चार हजार ७८९ रहेको छ भने मृत्यु हुनेको संख्या सात हजार ४५४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९८ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।