एकाविहानै कोरानाबाट २७ जनाको मृत्यु

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौम् – कोरोना संक्रमणका कारण एकाविहानै २७ जनाको मृत्यु भएको छ । यो बागमती प्रदेशको रिपोर्ट हो ।

प्रदेशका १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ९ जनाको मत्यु भएको छ । यसैगरी ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १÷१ जनाको मृत्यु भएको छ ।

यो सँगै बागमती प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय २४ जना पुगेको मन्त्रालयले जनाएको छ ।