कति छ विप्लवको तलब ?
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई उनको पार्टीले कति तलब दिन्छ होला ? अथवा विप्लवको जिन्दगी कसरी चलिरहेको होला ? धेरैको मनमा यस्ता खालका जिज्ञासाहरु भएको हुनसक्छ ।
विप्लवले यी जिज्ञासाहरुको जवाफ दिएका छन् । हिमालय टलिभिजनको अन्तरवार्तामूलक कार्यक्रम यक्ष प्रश्नमा राजेन्द्र बानीयाँसँग उनले आफ्नो तलव मासिक २० हजार रहेको बताएका छन् ।
तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’
सो कार्यक्रममा बोल्दै विप्लवले आफूले ट्याक्टर लगाउने लगायतका काम गर्ने गरेको भन्दै हातको ठेला देखाएका छन् । ‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ उनले भनेका छन्, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’
विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।