काठमाडौँमा निषेधाज्ञा थपियो
काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थपिएको छ । बुधबार बसेको काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
सिडिओहरुको बैठकले जेठ १४ गतेबाट एक साताको लागि निषेधाज्ञा कडा पारिएको थियो । सो समयमा खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर समेत बन्द गरिएको थियो । अब भने यी पसलहरु बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।
यस्तै, सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ।
उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी छ ।