प्रेरक प्रसंग : हात-खुट्टा चलाइरहनु, हरेश नखानुहोस्
काठमाडौँ – यदि सपना सफलताको बीज हो भने सफलताको रहस्य के हो त ? त्यसको साफ हो– लगन । तपाईं आफ्नो सपनालाई छोड्न सक्नुहुन्न । सपनालाई पछ्याउने मा तपाईको अगाडि केही चुनौतिहरु आउनेछन्, केही बाटोहरु बन्द भएको पाउनुहुनेछ, तर तपाईंले जुटिरहनुपर्ने हुन्छ । तपाईंले आफूलाई रचनात्मक बनाउनुपर्दछ र जीवनका बाधाहरुलाई पार गर्नका लागि आफ्ना सम्पूर्ण क्षमताको प्रयोग गर्नुपर्दछ । हामीले कागती लिनुपर्दछ र आफ्नो सपनामा मानिसहरुलाई चिसो पानीले जस्तै आलोचनाबाट कागतीको सर्वत बनाउनुपर्दछ । हामीले स्वयंमाथि भरोशा राख्नुपर्दछ र निष्ठापूर्वक जुटिरहनु पर्दछ, कहिल्यै हरेश नखानका लागि । अर्को शब्दमा भन्नुपर्दा ”म गर्न सक्छु” को दृष्टिकोण विकास भइसकेपछि “म गर्न सक्छु” को क्षमता विकास गर्नुपर्दछ । हामीले निरन्तर तथा लगनशील भएर कर्म गर्ने सङ्कल्प लिनुपर्दछ। तपाई आफ्नो हात – गोडा लगातार चलाइरहनुहोस्, कहिल्यै पनि हरेश नखानुहोस्।
एकपटकको कुरा हो, दुईवटा भ्यागुत्ताहरु एउटा गाउँको सडकबाट गइरहेका थिए । एउटा ज्यादै डरलाग्दो आँधीबेहरी आयो, त्यसपछि उनीहरु आत्तिन थाले। हावा वेस्सरी लागेकाले हावाले उडायो र उनीहरु एक आपसबाट छुट्टिन पुगे । दुवै भ्यागुताहरु अब एकअर्कालाई खोज्दै भौंतारिन थाले । दोधारमा परेको पहिलो भ्यागुत्तो दुधको भाँडामा खस्न पुग्यो । उसले आफ्नो चारैतिर हेर्यो । अप्ठेरोले गर्दा उसको जीवन अचिश्चित जस्तै भएको देख्यो । ऊ रुँदै समस्याका बारेमा गुनासो गर्दै कराउन थाल्यो । उसले आफ्नो सबै शक्ति समस्यामाथि नै केन्द्रित गर्यो । त्यसैले उसले छिट्टै हरेश खायो र अन्त्यमा उ मर्यो ।
अर्को भ्यागुत्तो पनि दूधकै भाँडोमा परेको थियो । तर त्यसको दृष्टिकोण छुट्टै किसिमको थियो । उसको दृष्टिकोण बेग्लै थियो उस दृष्टिकोण सकारात्मक थियो । उसलाई दूधमा खस्नु राम्रो लागिरहेको थिएन । त्यसलाई नराम्रो किसिमको झट्का लाग्नु खुशी लागेको थिएन, जुन उसको जीवनले उसलाई दिएको थियो । तर त्यसले आफ्नो शक्तिलाई समस्याको साटो समाधानतिर लगायो। उ उफ्री रह्यो र हातखुट्टा चलाइरह्यो । उसले हरेश खाएन । उसले महसुस गयो ‘तपाईंलाई के भएको हुन्छ त्यो महत्वपूर्ण होइन, वास्तविक महत्वको कुरा त त्यस बारेमा तपाई के गर्नुहुन्छ, त्यसको पो हुनेछ ।’ त्यसैले उसले हात–खुट्टा चलाइरह्यो, लगातार हात खुट्टा चलाई रह्यो, जबसम्म दूध मख्खनमा परिणत भएन । र अन्ततः ऊ त्यहाँबाट बाहिर निस्कियो ।
मित्रहरु, कैयौँपटक जीवन खेललाई निष्पक्ष रुपले खेल्दैन । यस्तो पनि समय हुनेछ, जब जीवनले तपाईंतिर एउटा मुश्किलले मात्र बल फ्याँकेको हुन्छ र तपाईंको सफलता र असफलता अन्ततः यस कुरामा निर्भर रहन्छ कि तपाईं जीवन वा समस्यालाई लिएर रिसाएर बसिरहेको हुनुहुन्छ र त्यसबाट अन्याय भएकोमा ध्यान दिनुहुन्छ वा फेरि तपाईं समस्या समाधानतर्फ ध्यान दिनुहुन्छ। सफलताको रहस्य त्यसमा सफलताको रहस्य तपाईंमाथि के भयो भन्ने कुरामा होइन बरु तपाईं हुनेवाला समस्यामाथि के गर्नहुन्छ, त्यसमा सफलताको रहस्य लुकेको हुन्छ ।
तसर्थ, हातगोडा चलाई रहनुहोस्, निराश नहुनुहोस् ।