केटी लिएर गएका नेता पण्डितको गोली हानी हत्या

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौँ – केटी लिएर गएका एक नेताको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । जम्मु काश्मिरमा भारतीय जनता पार्टीका नेता राकेश पण्डितको बुधबार राति अज्ञात बन्दुकधारीले गोलीहानी हत्या गरेको हो ।

भाजपा नेता पण्डितमाथि जम्मु काश्मिरको पुलवामा जिल्लाको त्राल पायिन क्षेत्रमा गोली प्रहार भएको इन्डिया टुडेले जनाएको छ । भारतीय मिडियाका अनुसार पण्डित त्राल पायिनमा रहेका आफ्ना साथीलाई भेट्न जाँदै थिए ।

भाजपाका पार्षद रहेका उनको साथमा दुई सुरक्षाकर्मी रहने भएपनि उनी सुरक्षाकर्मीबिना नै हिडेँका थिए । उनको साथमा रहेकी महिला गोली लागि घाइते भएकी छिन् । उनको साथमा रहेकी ती महिला उनकी साथीकी छोरी रहेको बुझिएको छ ।