माधव नेपाल पक्षले बोलाएको बैठकमा सहभागि नहुन एमालेको परिपत्र

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौँ – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको बैठक अनधिकृत भएको बताएको छ । बिहीबार बिहान ११ बजे माधव पक्षले बोलाएको केन्द्रीय समितिको भर्चुअल बैठकलाई नेकपा एमाले ओली पक्षले अनधिकृत भन्दै बैठकमा सहभागि नहुन आग्रह गरेको छ ।

पार्टीको कार्यालय सचिव शेर बहादुर तामाङले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठक अनधिकृत भएको भन्दै त्यस्ता क्रियाकलापमा सहभागि नहुन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको उनको विज्ञप्तिमा उल्लेख छ ।