कालो ढुसी संक्रमणबाट एकजनाको मृत्यु

बिहिबार, २० जेष्ठ २०७८

कैलाली – सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए ।

‘उनी मिर्गौला, मधुमेह र मुटुका रोगी थिए । स्वास्थ्यमा समस्या आएपछि उनी डायलायसिसका लागि अस्पताल आएका थिए,’ डा। कमरले भने, ‘आईसीयूमा राखेर उनको उपचार थालिएको थियो । तर उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उनको मृत्यु भयो ।’